Showing posts with label Sanatan Dharma. Show all posts
Showing posts with label Sanatan Dharma. Show all posts

Thursday, December 4, 2014

हिन्दु धर्ममा पशुबली किन ? के बलीप्रथा वैज्ञानिक छ ?

हिन्दु धर्ममा पशुबली किन ? के बलीप्रथा वैज्ञानिक छ ?

पशुबलीलाई हिन्दुधर्मको एउटा कुरीतिको रुपमा हेरिँदै आएको छ | तर सारा विश्वलाई प्रभाव पार्ने सनातन धर्मको यस परम्परामा कतै वैज्ञानिकता छ कि ? आउनुहोस् एकछिन खोजौं |
हिन्दुधर्म अन्तर्गतको तन्त्र-परम्परामा पशुबलीको प्रचलन रहीआएको छ | नेपाल, भारतको बंगाल तथा तिब्बत आदि ठाउँहरु तान्त्रिक क्षेत्रमा पर्दछन् | यसकारण, यी ठाउँहरुमा बली-प्रथाको अचाक्ली नै छ | तन्त्रमा महाकाली आदि दिव्य-शक्तिहरुको आराधना गरीन्छ | उक्त कार्यमा बलि दिने चलन चलेको देखिन्छ | अब प्रश्न उठ्न सक्ला कि बली-परम्परा किन सुरु गरियो ? यसको उत्तर यस प्रकार छ:
तन्त्रसाधनालाई विशेषगरी ३ भागमा बाँड्न सकिन्छ :
१)     पश्याचारी साधना
२)      विराचारी साधना
३)      दिव्याचारी साधना
तन्त्रमा पाँचवटा “म” ले युक्त मानिसलाई पशु भनिन्छ | ती हुन् : मांश (मासु खानमा आसक्त ), मत्स्य (माछा खानमा आसक्त ), मद( जाडरक्सी तथा अरु नशामा आसक्त ), मुद्रा ( रुपैयाँ-पैसामा आसक्त ) र मैथुन ( योन-क्रियाकलापमा आसक्त) | यस्ता पशुतुल्य मान्छेलाई पशुताबाट छुटाएर सहि मान्छे बनाउने साधनालाई पश्याचारी साधना भनिन्छ | विराचारी साधनाले मानवलाई दिव्यता दिन्छ भने दिव्याचारी साधनाले दिव्य मानवलाई ईश्वर ( परम् सत्य )को नजिक पुराएर पूर्ण-जीवन दिन्छ |
यहाँ पशुबलीको प्रसंग पश्याचारी साधनासँग जोडिएको छ | सधैँ खानामा मासु नभई नहुने पशुतुल्य मानिसलाई असली मानव बनाउने पश्याचारी साधनाको एउटा अंग हो | यसअन्तर्गत साधना गर्ने व्यक्तिलाई दिनहुँ मासु खान रोक लगाइन्छ | उसले मांश-भक्षण गर्नको लागि निश्चित समय जस्तै महिनामा एक-पटक फलानो देवीको यतिपटक जप र पूजा गरेर देवीलाई पशु चढाएर मात्र खान पाइने विधान बनाइन्छ | यस साधनाको अभिप्राय यो थियो कि जो व्यक्ति दिनहुँजसो मासु खान्छ, उसलाई विस्तारै-विस्तारै यो बानी छुटाउने | बली दिनु अघि देवीको ध्यान-मन्त्रजप गर्नैपर्ने नियम हुन्थ्यो | यसो गर्दा-गर्दै पछि गएर साधकमा सत्वगुण विकास भएर ध्यान-जपमै आनन्द आउन थाल्थ्यो र उसलाई पशुको बली दिने सोंच नै आउँदैनथ्यो | यसरी, तत्कालिन समयको बलिप्रथा एउटा मनोवैज्ञानिक थेरापी थियो मानिसको मासु खाने प्रवृत्तिलाई निरुत्साहित र निर्मूल गर्ने ! अर्थात् यसरी दिनहुँको काटमार रोकिन्थ्यो र बलीप्रथाको आडमा  दीर्घकालमा  समाजका सम्पूर्ण मानिसहरुको मासु खाने प्रवृत्तिलाई निर्मूल पारी सहि मानव र सत्वगुणी समाजको निर्माण गरिन्थ्यो | यो थियो हिन्दुधर्मको सहि र मनोवैज्ञानिक बली-परम्परा |
तर आजको विडम्बना दर्दनाक छ | आजकल उपर्युक्त तान्त्रिक जप-साधनाको उपेक्षा गरी केवल मासु खानको लागि बली दिने गरीन्छ र दिनहुँ वधशालामा हजारौँ-लाखौँ पशुहरु पनि काटिएकै हुन्छन् | यसरी, हिन्दुधर्मको बली-परम्पराको सहि अर्थ नबुझी, यसको अपव्याख्या गरेर जिब्रोको स्वाद मेट्नेहरुको संख्या समाजमा बढ्दो छ | यसबाट प्रष्ट हुन्छ कि बली-प्रथा पूर्णतया वैज्ञानिक  थियो तर यसको गलत व्याख्याले निरीह पशुहरुको कटानी बढ्दो छ | यस विषयमा जागरुक व्यक्तिहरु प्रखर रुपमा लागेर बली-परम्पराको वास्तविक अर्थलाई समाजमा पुनः प्रतिष्ठित गर्नु आजको आवश्यकता हो जस्तो लाग्छ | हरि ओम् तत्सत् !

लेखक :  श्रीधर आचार्य
(योग-जिज्ञासु र हिन्दुधर्मको वैज्ञानिकताबारे खोज गर्ने व्यक्ति हुन् | उनी बुढानीलकण्ठ आश्रमका संस्थापक गुरु स्वामी चन्द्रेशका चेला हुन् |)

सम्पर्क : sanepalese3@gmail.com

Sunday, November 2, 2014

What great People said about Hinduism??? Part 1

Father of Atom Bomb Julius R. Oppenheimer says about Hinduism:



Famous Astronaut and Writer Andrew Thomas Says about Hinduism:


Barack Obama Says About Hinduism:


Collected By: Shreedhar Acharya